आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

शुक्रबार, १० असार २०७९, १५ : ५७
शुक्रबार, १० असार २०७९

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । 

त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । 

उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप