मन्त्रीको लफडामा राजेन्द्र पाण्डेले भने– यी साथीहरु जान्छन्, भोलि नयाँ टोली आउँछ
नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरु भोलिसम्ममा फिर्ता हुने जिकिर गरेका छन् । पार्टीका मन्त्रीहरुले फिर्ता हुन आनाकानी गर्दै नेतृत्वविरुद्धनै मोर्चाबन्दी गरिरहेका बेला नेता पाण्डेले उनीहरु भोलि बेलुकासम्म सरकारबाट फिर्ता हुने र नयाँ टिम सरकारमा जाने दाबी गरेका हुन् ।
‘फिर्ता हुने र नहुने त भोलि बेलुकासम्मा थाहा पाउनुहुन्छ’, मन्त्रीहरु फिर्ता हुन मानेनन् अब के गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘यी साथीहरु जान्छन्, अर्को टोली आउँछ ।’ उनले पार्टी भन्दा मन्त्रीहरु पावरफूल भएको नभइ परिस्थिति त्यस्तो बनिदिएको बताए । पार्टीको पोलिटब्युरो बैठकपछि उनले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने क्रममा केही प्रक्रियामा कमजोरी भने भएको स्वीकारे । बजेटबारे छलफल भइरहेको बेला पार्टीले अली छाँचो निर्णय गरेर कमजोरी भएको उनको भनाइ छ । बजेटमा मन्त्रीहरुले जवाफ पनि दिइरहेकाले अब मन्त्री फेर्दा केही नहुने उनले बताए ।
पाण्डेले अहिले भइरहेका मन्त्रीहरुलाई छ महिनाका लागि सरकारमा पठाएकाले अझै पनि बसिरहन्छु भन्नुको अर्थ नरहेको उनको भनाइ छ । ‘त्यतिबेलै तपाईँहरुलाई परिवर्तन गरेर अर्को टीम पठाउँछौ भनेको हो । पार्टीको राजकीय विभागको प्रमुख म हुँ । माधव नेपालसँगको छलफलमा म पनि भएकाले यसबारे मलाई जानकारी छ’, उनले भने, ‘मन्त्री पद भनेको चार्मफुल पद नै हो । सबै भोलि बेलुका थाहा हुन्छ । नयाँ टोली आउँछ मन्त्रीमा । यी साथीहरु भोलि जान्छन् । मैले बोलेपछि हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण