तिलक कोइरालाले तोडे अनसन, संघर्ष समिति पनि विघटनको घोषणा
पुँजी बजार सुधारको माग राख्दै १० दिनदेखि अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर कोइरालाले अनसन तोडेका हुन् ।
पुँजी बजारको स्थायित्वका लागि पुँजी बजार सुधार संघर्ष समिति समेत गठन गर्दै आन्दोलनमा होमिएका कोइरालाले आफ्नै नेतृत्वमा बोर्डमा १९ बुँदे मागपत्र पेश गरेका थिए । सोही मागपत्र कार्यान्वयन गर्ने सहमति भएसँगै कोइरालाले अनसन तोडेको बताएका छन् । यद्यपि, कोइराला पक्षले नै अनसन तोड्न पहल गरिदिन बोर्डलाई गरेको अनुनय विनयसहितको अडियो बाहिरिएसँगै आन्दोलन कमजोर भएको जानकारहरुको भनाइ छ ।
आफूलाई पत्रकार समेत बताउने लगानीकर्ता कोइराला पुँजी बजारको स्थायित्वको माग राख्दै असार १ गतेदेखि धितोपत्र बोर्डको कार्यालय खुमलटारमा आमरण अनसनमा बसेका थिए । आमरण अनसन तोड्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठित संघर्ष समिति समेत विघटन भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण