तिलक कोइरालाले तोडे अनसन, संघर्ष समिति पनि विघटनको घोषणा

पुँजी बजार सुधारको माग राख्दै १० दिनदेखि अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर कोइरालाले अनसन तोडेका हुन् ।
पुँजी बजारको स्थायित्वका लागि पुँजी बजार सुधार संघर्ष समिति समेत गठन गर्दै आन्दोलनमा होमिएका कोइरालाले आफ्नै नेतृत्वमा बोर्डमा १९ बुँदे मागपत्र पेश गरेका थिए । सोही मागपत्र कार्यान्वयन गर्ने सहमति भएसँगै कोइरालाले अनसन तोडेको बताएका छन् । यद्यपि, कोइराला पक्षले नै अनसन तोड्न पहल गरिदिन बोर्डलाई गरेको अनुनय विनयसहितको अडियो बाहिरिएसँगै आन्दोलन कमजोर भएको जानकारहरुको भनाइ छ ।
आफूलाई पत्रकार समेत बताउने लगानीकर्ता कोइराला पुँजी बजारको स्थायित्वको माग राख्दै असार १ गतेदेखि धितोपत्र बोर्डको कार्यालय खुमलटारमा आमरण अनसनमा बसेका थिए । आमरण अनसन तोड्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठित संघर्ष समिति समेत विघटन भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान