बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमालेले बहिष्कार गरेपछि हेटौंडा नगरसभा बैठक स्थगित

शुक्रबार, १० असार २०७९, १४ : ४७
शुक्रबार, १० असार २०७९

नेकपा एमालेले नगरसभा बहिष्कार गरेपछि हेटौंडाको नगरसभा बैठक स्थगित भएको छ । एमालेको बहिष्कारपछि नगरसभामा गणपुरक संख्या नपुगेकाले हेटौंडा उपमहानगरपालिकाको नगरसभा १२ गते सम्मका लागि स्थगित गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए । नगरसभामा गठबन्धनका सदस्यहरु उपस्थित भएका थिए भने एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए ।\

हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन कार्यविधिअनुसार नगरसभा सञ्चालनका लागि ४८ जना सदस्यको उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकमा बैठक सञ्चालनको कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि सहमति नजुटेपछि बैठक बहिष्कार गरेका थिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप