
कतार विश्वकप : एक टिममा २६ खेलाडी राख्न पाइने

कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ ।
अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएको छ । अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन् ।
यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएको छ । टिममा डाक्टरलाई अनिवार्य गरिएको छ । २० अक्टोबरदेखि सुरु हुने विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागिसकेको छ । विश्वकपको उद्घाटन खेलमा अफ्रिकन टोली सेनेगल र युरोपेली देश नेदरल्यान्ड्स भिड्ने तालिका छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ