आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नागरिकता सम्बन्धी विधेयक ल्याउन सांसद जितेन्द्रनारायण देवको आग्रह

शुक्रबार, १० असार २०७९, १४ : ४२
शुक्रबार, १० असार २०७९

नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन् । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् । उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडि बढ्नुपर्ने बताए । 

उनले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानुनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरे । उनले संविधानमा भएको व्यवस्थालाई आधार मानेर कानून बनाउनुपर्नेमा जोड दिए । सांसद देवले नागरिकताको सवालमा असहमतिका विषयहरुलाई छलफल गर्दै संविधानलाई टेकेर सहमतितर्फ जानुपर्ने बताए ।  

सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरुलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताए ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप