दोहोरो अंकले बढ्यो नेप्से, २ घण्टामै सवा अर्बको कारोबार
शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो ।
उसो त १३ अंकमाथिले बढेको बजार आज बजार खुलेको २ घण्टामा नै सवा अर्बको कारोबार भएको छ । अन्तिम समय (१ बजे) सम्ममा ३५ लाख ४१ हजार कित्ता सेयर २२ हजारभन्दा बढी पटक बजारमा किनबेच भएर शुक्रबार १ अर्ब १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.९१ प्रतिशतले बढेको छ भने आज माइक्रोफाइनान्स समूहको उपसूचक ०.८ प्रतिशतले मात्र बढेको छ । यता म्युचुअल फन्डको उपसूचक भने आज ०.६७ प्रतिशतले घट्न पुगेको छ ।
यस दिन न्यादि हाइड्रोपावर कम्पनीका लगानी कर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७.८८ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण