शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘माईकल अधिकारी’

शुक्रबार, १० असार २०७९, १४ : ३१
शुक्रबार, १० असार २०७९

अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘माईकल अधिकारी’ को फष्ट लुक्स सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको २ पोस्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । दुई मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्कातिर पैसाको थुप्रो देखाइएको छ । यस्तै एक पोष्टरमा सौगात र सृष्टि पैसाको बिछ्यौनामा प्रेममा रमाएको देखाइएको छ ।

गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्म रन्जित रौनियारले निर्देशन गरेका हुन् । फिल्ममा सौगात र सृष्टि आर्थिक अवस्था कमजोर भएको जोडीको रुपमा देखिनेछन् ।  उद्धव पौडेलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मको छायाङ्कन इलाम र झापामा भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप