७ गोरुगाडासहित ३० थान सालका गोलिया बरामद
कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाको खल्लाखेत्बाट ३० थान सालको गोलिया बरामद गरिएको छ । आज बिहान ४ बजे ७ वटा गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गोलिया बरामद गरिएको हो ।
सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त नियमित गस्ती टोलीले गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्यूफिट काठ बरामद गरेको हो । काठसहित ३ जना पक्राउ परेको सव डिभिजन वन कार्यालय बर्दगोरियाका सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालनगर बस्ने ४० दिर्घ विक, ३८ वर्षीय रमेश विक र ३६ वर्षीय अर्जुन विक रहेका छन् । बाँकी ४ जना भने फरार रहेका चौधरीले जानकारी दिए । बरामद काठ र गोरुगाडा सव डिभिजन वन कार्यालय बर्दगोरिया कम्पाउन्डमा राखिएको छ भने पक्राउ परेका ३ जनालाई आज नै थप कानुनी कारबाहीका लागि धनगढी चलान गरिएको छ । फरार ४ जनालाई छिट्टै कानुनी दायरामा ल्याइने डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
-
नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौँ : सोमपाल कामी
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प