
दलहरु लैङ्गिक मैत्री भएनन् : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताहरूले महिला उम्मेदवारलाई न्याय गर्ने गरेको बताउनुभएको छ । दलहरुले उम्मेदवार बनाउँदा महिला उम्मेदवारलाई उपेक्षा गरे पनि मतदाता लैङ्गिक मैत्री भएकोले नै तुलनात्मक रुपमा महिला उम्मेदवार धेरै विजयी भएको बताए ।
महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्थानीय तह निर्वाचन एन १७(७) ले ५० प्रतिशत महिलाको कुरा गरे पनि प्रमुख र उपप्रमुखमध्ये १ पदमा मात्रै उम्मेदवारी दिँदा महिला वा पुरुष जो भए पनि हुने व्यवस्था भएकोले महिलाको सहभागिता घट्न पुगेको बताए ।
अब निर्वाचन आयोगले कुनै एक पदमा मात्रै उम्मेदवारी दिँदा महिलालाई मनोनयन दर्ता गराउनुपर्ने व्यवस्था गर्ने उनको भनाइ छ । महिला, दलित र अल्पसन्ख्यकबाट उम्मेदवार दर्ता हुदा ५० प्रतिशत छुट दिए पनि महिला सहभागिता बढ्न नसकेको उनले बताए ।
मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचनको काम सक्ने गरि आयोगले आन्तरिक तयारी गरेको उनको भनाइ थियो । कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी सुनिश्चित गर्न दलहरूलाई उनले आग्रह पनि गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ