शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीको यस्तो बन्नेछ ‘प्लेन कमिटी’

२१ सदस्य मध्ये ६ जनाको नाम सार्वजनिक
शुक्रबार, १० असार २०७९, २३ : २९
शुक्रबार, १० असार २०७९

रवि लामिछानेको नेतृत्वमा घोषित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को प्लेन केन्द्रीय कमिटी मात्र बन्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुकुल ढकालका अनुसार निर्वाचन आयोगमा सभापतिसहित प्लेन कमिटी प्रस्तावित गरिएको छ । लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कमिटीमा बाँकी १९ जना सदस्य रहने ढकालको भनाइ छ । निर्वाचन आयोगमा सभापति लामिछानेसहित २१ जनाको नाम बुझाइएको छ । आयोगले दल दर्ताको प्रमाण पत्र दिएपछि मात्रै ती व्यक्तिका नाम खुलाउने ढकालले बताए । तर २१ जना सदस्यमध्ये पाँच जनाको नाम रातोपाटीलाई प्राप्त भएको छ । धादिङका डोलप्रसाद अर्याल, डडेल्धुराका दीपक बोहरा, काठमाडौंका कुसुम महर्जन र गोरखाकी एलिजा गुरुङ रहेका छन् । 

प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ । उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै  छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप