आधा महिला उम्मेदवार अनिवार्य गरौं : निलकण्ठ उप्रेती
शुक्रबार, १० असार २०७९, १२ : ५२
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दलहरुले सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।
महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले संविधानको धारा ३८ अनुसार समानुपातिक समावेशी अनुसार कानुन नबनाएकोमा पनि प्रश्न उठाए । समावेशी कानुन नबनेकोले नै ०७० र ०७४ को चुनावमा महिला उम्मेदवारको संख्यामा खासै फरक नपरेको उनको भनाइ थियो ।
महिला उम्मेदवार कम हुनुमा निर्वाचन प्रणाली, दलहरू या हाम्रो परम्परा के दोषी हो ? पत्ता लगाउनुपर्ने उनले बताए ।
बैठकमा स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारीको अवस्था, संविधान एवं कानूनको मर्म र अबको बाटोका विषयमा छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम्रो गर्न खोज्दा असफल बनाउने गरेको प्रधानमन्त्रीको गुनासो
-
राप्रपाका प्रवक्तालाई प्रश्नः तपाईंहरुको आन्दोलन किन ?
-
फिफाले फुकुवा गर्यो पाकिस्तानी फुटबलमाथि लगाइएको प्रतिबन्ध
-
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
-
रामायणमा सुवर्णखाको भूमिकाबाट किन काटियो कुब्रा सैतको पत्ता ?
-
नेपाल पिछडावर्ग महासंघको प्रदर्शन, तस्बिरहरू