शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

१० पालिकाको बजेट सार्वजनिक, कुन प्रदेशबाट कति ?

शुक्रबार, १० असार २०७९, १२ : ३०
शुक्रबार, १० असार २०७९

आज असार १० गते । संविधानतः ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वित्तीय खाका (बजेट) ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही व्यवस्था बमोजिम आज स्थानीय सरकार अर्थात् स्थानीय तहहरुले बजेट ल्याउँदैछन् । 

केही पालिकाहरुले भने असार १० गते अगावै बजेट ल्याइसकेका छन् । यस्तै केहीले भने शुक्रबार १० बजेसम्मका घोषणा गरिसकेका छन् ।  हालसम्म प्राप्त रिपोर्ट अनुसार ५ वटा प्रदेशबाट कुल १० वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सम्बन्धित पालिकासभा मार्फत ल्याइसकेका हुन् ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म बागमती प्रदेशबाट ३ वटा पालिकाले बजेट ल्याइसकेका छन् भने प्रदेश नम्बर १ बाट एउटा, मधेश प्रदेशबाट २ वटा, गण्डकी प्रदेशबाट २ वटा र सुदूरपश्चिम प्रदेशबाट २ वटा गरी कुल १० वटा स्थानीय तहले बजेट ल्याएका हुन् । 

गण्डकी प्रदेश र कर्णाली प्रदेशले भने हालसम्म एउटा स्थानीय तहले पनि बजेट ल्याएका छैनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप