बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंमा २ वर्षअघि साथीको हत्या गरेको आरोपमा युवक पक्राउ

शुक्रबार, १० असार २०७९, १२ : २४
शुक्रबार, १० असार २०७९

 काठमाडौंको गौशालामा दुई वर्षअघि साथीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ मैजुबहाल घर भएका विवेक मल्ल छन् । २५ वर्षीय मल्ललाई जिप्रका उदयपुरसँगको समन्वयमा कटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए । बिबेकले २०७७ जेठमा गौशाला एरियामा मोरङको सुन्दरहरैचा घर भएका उज्जवल काफ्लेको हत्या गरेको आरोप छ ।

कुमारीगाल बस्ने २० वर्षीय उज्ज्वललाई आरोपीले ‘मेथाडोन’ नामक लागु औषध धेरै खुवाएर हत्या गरेको भन्दै पिडित परिवारले किटानी जाहेरी दिएका छन् । मृतकलाई आफुले ‘मेथाडोन’ दिएको बिवेकले प्रहरीसँग स्विकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्–‘हामि खाएर बसेका थियौं, उज्जवल आएर मागेपछि हामिले दिएका हौं ।’

लागु औषध खाएपछि अस्पतालमा उनको मृत्यु भएको थियो । हत्यामा संलग्न आरोपी मल्ल कटारीमा मामाघरमा लुकेर बसेका थिए । उनले काठमाडौंमा विभिन्न ठाउँमा डाँका र चोरी गरेको प्रहरीको रेकर्डमा देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप