माधव नेपालविरुद्ध १० सांसदको मोर्चाबन्दी
नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । ४ मन्त्रीसहित १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको हेरफेर सही मान्न नसकिने भन्दै नेतृत्वविरुद्व मोर्चाबन्दी गरेका हुन् ।
विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर वम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र निरा जैरुले सचिवालय र स्थायी कमिटी बैठकको निर्णयप्रति आपत्ति जनाउदै दलको बैठक बोलाउन माग गरेका हुन् ।
उनीहरुले मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी बनाउनुपर्ने, मन्त्री बनाउने सुरुको मापदण्ड कार्यान्वयन गर्नुपर्ने, गैह्र सांसदहरुलाई मन्त्री बनाउन नहुने, हाल प्रस्ताव गरिएका मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित भएकाले सच्याउनुपर्ने, बजेटका समयमा एक्कासी मन्त्री फेर्ने कुराले मन्त्रीहरु माथिको अपमानजनक व्यवहार सहन नसकिने, बजेट पास भएपछि मन्त्री पद छोड्छौ भन्ने मन्त्रीहरुको भनाईलाई कमजोरी ठान्ने लगायतका ८ बुँदे प्रस्ताव अघि सार्दै दलको कार्यालयमा सूचना दर्ता गराएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका सांसद विरोध खतिवडाले शुक्रबार बिहान ८ बुँदे माग राख्दै पत्र दर्ता गराएको बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण