
सिद्धार्थ बैंकको ४० लाख कित्ता ऋणपत्र निष्कासन

सिद्धार्थ बैंकले शुक्रबारदेखि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५% एस.बि.एल. डिबेन्चर २०८९ बिक्री खुला गरेको हो जसमा लगानीकर्ताले वार्षिक १०.७५% ब्याजदर पाउन सक्नेछन् । ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले ४० लाख कित्ता ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने जनाएको छ । सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ