सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको तोरीबारीमा
सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई निरन्तरता दिएको छ ।
यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा ९५ औँ शाखारहित बैंकिङ्ग सेवा प्राभरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ