जितपुरको प्रसूति गृह, जहाँ गर्भवती महिलालाई बस्ने ठाउँसमेत छैन
बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् ।
प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन । त्यसैगरी प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधाको अभाव रहेको र गर्भवती महिलाहरूको लागि आराम गर्ने, बस्ने प्रतिक्षालयको समेत अभाव छ ।
जितपुरकी फातिमा खातुनले गर्भवती महिलाहरूको निदान गर्न गृहमा भिडियो एक्सरेको सुविधा नहुँदा वीरगन्ज धाउनुपर्ने अवस्था रहेको बताइन् । प्रसूति गृहमा दैनिक २५ जनाभन्दा बढी गर्भवती महिलाहरू स्वास्थ्य परीक्षण गराउन आउने गराएको स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरीले जानकारी दिइन् ।
घनाबस्ती र पथलैया–वीरगन्ज औद्योगिक करिडोरको मध्ये भागमा पर्ने सो प्रसूति गृहमा जितपुरसिमरा उपमहानगरपालिका तथा पर्साको पर्सागढी र वीरगन्ज महानगरपालिकाका केही वडाका गर्भवती महिलाहरूसमेत प्रसूति सेवा लिन आउने गरेका छन् ।
तर, आवश्यक उपकरण र सेवा उपलब्ध नहुँदा स्थानीय महिलाहरूले पीडा व्यहोर्नु परेको जितपुरसिमरा उपमहानगरपालिका हरपुरकी सल्या खातुनले बताइन् । गर्भवती सेवा लिन गत ५ फागुनमा जितपुरको प्रसूति गृह पुगेकी खातुनले तत्काल सेवा नपाउँदा पेटको बच्चा खेर गएको जानकारी बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’