शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : हलमा ‘घनचक्कर’

शुक्रबार, १० असार २०७९, ११ : १२
शुक्रबार, १० असार २०७९

आज शुक्रबारबाट फिल्म ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर प्रदर्शनमा आएको हो । यद्यपी देशभरका फिल्म हल भने यसले पाएको छैन । किनभने गत साता प्रदर्शनमा आएको ‘चिसो मान्छे’ ले पनि थुप्रै फिल्म हल ओगटेको छ । 

प्रदर्शनको अघिल्लो दिन अर्थात विहिबार फिल्मको कमलपोखरी स्थित बिग मुभिजनमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।

फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, अशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतको अभिनय छ ।

कमेडी जनरामा निर्माण भएको फिल्मका जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजी लिम्बुको पटकथा–संवाद छ ।

हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुना अर्याल र संगम भट्ट निर्माता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप