गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ
शुक्रबार, १० असार २०७९, १० : ३८

हज यात्रामा जाने अन्तिम टोलीलाई गृहमन्त्री बालकृष्ण खाणले बिदाई गरेका छन् । साउदी अरबको मक्कामदिनामा जाने हजयात्रीलाई शुक्रवार मन्त्री खाणले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका हुन् ।
अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाई गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रावर अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । हज यात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए ।
हज यात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित थिए । असार ६ मा पहिलो टोली मक्कामदिना तर्फ प्रस्थान गरेको थियो । हज यात्री हरु ३४ दिनपछि नेपाल फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?
-
हेटौँडामा युवा सम्मेलन सुरू