मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारबाट बाहिरिन नमानेका पार्टीका मन्त्रीमाथि खनिए विद्यार्थी नेता

शुक्रबार, १० असार २०७९, १० : १७
शुक्रबार, १० असार २०७९

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का लागि मन्त्री परिवर्तनको निर्णय जटिल बन्दै गएको छ । बहालवाला मन्त्रीहरुले विभिन्न बहाना बनाएर सरकारबाट बाहिरिन आनाकानी गरेपछि पार्टी कमिटीका बैठकहरूमा पनि यो विषयले विवाद सृजना गरेको छ । मन्त्रीहरूमा  पदलोलुपता देखिएको भन्दै पार्टीभित्रकै नेता कार्यकर्ताहरु आलोचनामा उत्रिएका छन् । 

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूमा  'म नै सबथोक हुँ' भन्न फ्रान्सेली राजा लुई चौधौको प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा पराजुली लेख्छन्  -'म नै राज्य  हुँ भन्ने भनाई इतिहासमा फ्रान्सेली राजा लुई चौधौको सुनिथ्यो,  तर  आजभोलि 'म नै मन्त्री ,मन्त्री नै म'  भन्ने भनाई पनि सुनिन थालियो ।  म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन । '

कतिपय नेताहरुको सोच नै मन्त्री बन्ने र माफिया दलालको सेटिङमा काम गर्ने र पैसा कमाउने रहेको पराजुलीको भनाइ छ । रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उनी प्रश्न सोध्छन् -'हिजो  मुखमा लगाएको टेप खोली खोली  स्टन्ट मारी मारी गरेको भाषण त केवल खोक्रोको आदर्श बाहेक के हुन सक्छ त कमरेड ?'

पराजुली थप लेख्छन् -'मन्त्री बाहेक पनि जीवन जगत छ भन्ने बुझ्ने हो कि ? एकथान मन्त्री त तपाईले हिजो बोकेको मूल्य मान्यतामा रहे कति हो कति , धेरै पटक मन्त्री ,त्यो भन्दा  माथी प्रधानमन्त्री बन्ने अवसर नै आउछ । तर तपाईंले बोकेको मूल्य मान्यता सिद्धान्त सकिएमा इतिहासमा गोरे  बहादुर खपाङ्गी , बद्री मण्डल , टंक ढकाल पनि मन्त्री  नै थिए हेक्का होला नि ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप