शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै, मन्त्रीका सर्तबारे छलफल हुने

शुक्रबार, १० असार २०७९, ०९ : ३२
शुक्रबार, १० असार २०७९

सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज शुक्रबार बस्दैछ ।  एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने  १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

आजको बैठकमा हालका मन्त्रीहरुले पार्टी समक्ष राखेको सर्तका विषयमा पनि छलफल हुने बताइएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप