यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपालले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत ययूएईविरुद्धको सेमिफाइनलमा टस जितेर फिल्डिङ रोजेको छ । बिहान ८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु हुन लागेको हो ।
नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।
नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।
यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म