बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा भारी वर्षा मापन, नदी किनारमा सावधानी अपनाउन आह्वान

शुक्रबार, १० असार २०७९, ०८ : ०५
शुक्रबार, १० असार २०७९

काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप