सर्वनाम शिक्षालयमा यौन दुर्व्यवहार : छात्रालाई बोकेर वार्डेनले सोध्थे–‘कति केजी छौ ?’
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटी बाहुनधारामा रहेको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन) रामजी बस्नेत थुनामा छन् । शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि उनले यौन दुर्व्यवहार गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा प्रहरी वृत बौद्धले बस्नेतलाई जेठ २१ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थिए ।
उनीविरुद्ध कक्षा ७ मा अध्ययनरत ११ वर्षीया, कक्षा ८ मा अध्ययनरत १२ वर्षीया र कक्षा १० मा अध्ययनरत १४ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका छन् ।
करिब ६ महिनादेखि वार्डेनले आफ्ना संवेदनशिल अंगहरूमा छुने र सुम्सुम्याउने गरेको किशोरीहरुले प्रहरीलाई बताएका छन् । छात्राहरुले अभिभावकलाई भनेपछि घटना बाहिरिएको थियो ।
होस्टल वार्डेन बस्नेतले छात्रालाई बोक्थे, उचाल्थे । अनि, सोध्थे–कत्ति केजी छौ ?’
बस्नेतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनीविरुद्ध प्रहरीले ‘बाल यौन दुरुपयोग गर्न नहुने कसुर’मा मुद्दा चलाएको छ ।
यसअघि सेन्ट लरेन्स कलेजमा यौन दुव्र्यहार गरेको आरोप लागेका दुईजना शिक्षकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबारे प्रचण्डको उदासीनताप्रति विप्लवले पोखे असन्तुष्टि, नेसपामा अन्योल
-
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
-
माधवसँग भेट्दै बामदेव, छलफलपछि निर्णय लिने
-
वैशाखमा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने
-
पुस १३ देखि पोखरा सडक महोत्सव
-
फाइनल प्रवेशका लागि भएको भिडन्तमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य