शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१३ किलो गाँजा बोकेर हिँडेका लाल काजी बाराबाट पक्राउ

शुक्रबार, १० असार २०७९, ०७ : २७
शुक्रबार, १० असार २०७९

बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजी रहेका छन् ।

प्रहरीले गाँजा ओसारपाेसारमा प्रयोग भएको  प्र ३–०२–०१० प ३४९३  नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप