बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

बिहीबार, ०९ असार २०७९, २२ : ५१
बिहीबार, ०९ असार २०७९

सेञ्चुरी कमर्सियल बैंकले ग्राहक वर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं.२५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकका संचालक समिति सदस्य प्राडा गीता प्रधान र वडा नं.२५ का अध्यक्ष राजेश डंगोलले शाखाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीय लगायतको उपस्थिति रहेको थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र शाखा संख्या २८ पुगेको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप