
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले ग्राहक वर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं.२५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्राडा गीता प्रधान र वडा नं.२५ का अध्यक्ष राजेश डंगोलले शाखाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीय लगायतको उपस्थिति रहेको थियो । असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र शाखा संख्या २८ पुगेको बैंकले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ