ad
x

अफगानिस्तानमा हिमपातका कारण १२ जनाको मृत्यु

person explore access_timeअसार ९, २०७९ chat_bubble_outline0

पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ। चाउके जिल्लाको युगल क्षेत्रमा उक्त प्राकृतिक प्रकोप भएको समाचार एजेन्सीले थप विवरण नदिइकन जनाएको छ ।


नाम नखुलाउने शर्तमा गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईवस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन् । पीडित सबै घुमन्ते परिवारका हुन् । युद्धग्रस्त अफगानिस्तानका केही भागहरू भर्खरै भारी वर्षाका कारण थप चिन्तित बनेका छन् ।



अधिकारीहरुका अनुसार देशभर अचानक आएको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । मुसलधारे पानी र बाढीका साथै पूर्वी पक्तिका र खोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।