बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

इन्धनको मूल्यवृद्धि फिर्ता नभए सडक संघर्षमा उत्रने पर्यटन श्रमिकहरुको चेतावनी

बिहीबार, ०९ असार २०७९, १९ : ४६
बिहीबार, ०९ असार २०७९

पर्यटन क्षेत्रका श्रमिकहरुले सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्यवृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल टे«किङ ट्राभल्स ¥याफ्टिङ एयरलाएन्स श्रमिक युनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयू) ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘इन्धनमा भएको मूल्यबृद्धिसँगै सार्वजनिक यातायात लगायत मानवीय आधारभूत आवश्यकताका दैनिक उपभोग्य सामानहरूमा स्वतः मूल्यबृद्धि हुने भएकोले सर्वसाधारण जनता र विशेष गरी पर्यटन क्षेत्रमा काम गर्ने लाखौं श्रमिकहरुप्रतिको बाँच्न पाउने मौलिक अधिकारलाई यो सरकारद्वारा कुण्ठित गरिएको छ । सरकारले अहिले गरेको बाहानाबाजी र जस्तो सुकै तर्कहरु पेश गरे पनि श्रमिकमारा निर्णय तत्काल फिर्ता लिनु पर्दछ ।’

मूल्यवृद्धि पछिपनि नेपाल आयल निगमलाई मासिक ४ अर्ब ७० करोड घाटा हुने मिथ्या देखाएर भविष्यमा अझै बढ्न सक्ने संकेत गर्दै वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्यवृद्धि गर्नुमा बाध्यता भएको बताउनु दुःखद रहेको श्रमिक संगठनहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप