‘नेपाली उत्पादित वस्तुलाई ई-कमर्सबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य छ’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाली उत्पादित वस्तुलाई ई-कमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीवार नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाली उत्पादनको बजारीकरणका लागि भर्चुअल अनलाइन शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग मन्त्री बडूले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय उत्पादनलाई गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने अभियानमा साना तथा मझौला उद्योगको महत्वपूर्ण भुमिका रहने विश्वास गरे । मन्त्री बडूले निजी क्षेत्रका उत्पादित वस्तु बजारीकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले सरकारले ठूला र घरेलु तथा मझौला उद्योगलाई वस्तु तथा सेवाको खरिद र बजारीकरणमा जोड्न चाहेको बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक अहिले ठूलो आर्थिक संकटमा गुज्रिरहेको बताए । उनले लामो समयदेखि बजारमा तरलताको अभाव हुँदा व्यापार व्यवसाय मन्दितर्फ जान लागेको बताए । अध्यक्ष गोल्छाले अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार गम्भिर स्थितिमा पुगेको बताए । उनले ५० लाख शेयर लगानीकर्ता ठूलो संकटको घडीमा पुगेको दाबी गरे । वाह्य कारणले बजारमा १८ प्रतिशत बढी मूल्यवृद्धि भएको र आगामी दिन अझ बढ्दै जाने अवस्था रहेको उनको भनाइ छ । अध्यक्ष गोल्छाले विदेशबाट आयात गरेर मात्रै अर्थतन्त्र चलाएकाले तरलता अभाव भएर एक वर्षमा १०० प्रतिशतले बैंकको ब्याज बढेको गुनासो गरे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारको डबल डिजिटलमा आर्थिक वृद्धि गर्ने लक्ष्य बैंकको ब्याजदर सिङ्गल डिजिटलमा नभएसम्म सम्भव नभएको बताए । उनले अहिले सरकारले आर्थिक वृद्धिदर डबल डिजिटलमा गर्ने भनिएपनि बैंकको ब्याजदर पनि डबल डिजिटलमा रहेको बताए । अध्यक्ष मल्लले पछिल्लो समय मुलुकको व्यापार घाटा कहालीलाग्दो अवस्थामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?