‘सीताको माइती जनकपुरधाम आउँदा निकै गौरवान्वित महसुस भयो’

भारतको दिल्लीबाट अयोध्या हुँदै नेपालको जनकपुरधाम धार्मिक यात्रामा आएका पर्यटकहरु खुसी भएका छन् । बिहीबार १८ दिने धार्मिक पर्यटकीय रेलको यात्रा गरी जनकपुरधाम आइपुगेका उनीहरुले माता सीताको माइती आउँदा निकै गौरवान्वित महसुस भएको प्रतिक्रिया दिए ।
उनीहरुले धार्मिक पर्यटकीय यात्राले नेपाल भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । भ्रमणमा आएका अशोक सिन्डेले भारतदेखि नेपालको धार्मिक स्थलको यात्रा गर्न पाउँदा आनन्द मिलेको बताए । धार्मिक यात्राले आफ्नो बेग्लै पहिचान र महत्व भएको बताउँदै उनले नेपाल भारतलाई जोड्ने गरी धार्मिक यात्रालाई निरन्तरता दिनुपर्ने बताए ।
भारतको महाराष्ट्रका अरविन्द मारनिकाले भने, ‘विगतमा पनि आफू नेपाल आएको थिए । तर त्यतिबेला निकै अप्ठ्यारो महसुस भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक यात्रालाई जोड्ने गरी ल्याएको रेल्वे योजनाले लामो दुरीको यात्रालाई पनि निकै सहज, सरल र आरामदायी बनाएको छ ।’ यस्तै धार्मिक पर्यटकहरुले जनकपुरवासीले आफूहरुको निकै नै स्वागत गरेको बताए । धार्मिक यात्रामा आउने अधिकांश वृद्धवृद्धा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ