‘सीताको माइती जनकपुरधाम आउँदा निकै गौरवान्वित महसुस भयो’
भारतको दिल्लीबाट अयोध्या हुँदै नेपालको जनकपुरधाम धार्मिक यात्रामा आएका पर्यटकहरु खुसी भएका छन् । बिहीबार १८ दिने धार्मिक पर्यटकीय रेलको यात्रा गरी जनकपुरधाम आइपुगेका उनीहरुले माता सीताको माइती आउँदा निकै गौरवान्वित महसुस भएको प्रतिक्रिया दिए ।
उनीहरुले धार्मिक पर्यटकीय यात्राले नेपाल भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । भ्रमणमा आएका अशोक सिन्डेले भारतदेखि नेपालको धार्मिक स्थलको यात्रा गर्न पाउँदा आनन्द मिलेको बताए । धार्मिक यात्राले आफ्नो बेग्लै पहिचान र महत्व भएको बताउँदै उनले नेपाल भारतलाई जोड्ने गरी धार्मिक यात्रालाई निरन्तरता दिनुपर्ने बताए ।
भारतको महाराष्ट्रका अरविन्द मारनिकाले भने, ‘विगतमा पनि आफू नेपाल आएको थिए । तर त्यतिबेला निकै अप्ठ्यारो महसुस भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक यात्रालाई जोड्ने गरी ल्याएको रेल्वे योजनाले लामो दुरीको यात्रालाई पनि निकै सहज, सरल र आरामदायी बनाएको छ ।’ यस्तै धार्मिक पर्यटकहरुले जनकपुरवासीले आफूहरुको निकै नै स्वागत गरेको बताए । धार्मिक यात्रामा आउने अधिकांश वृद्धवृद्धा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण