मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

बिहीबार, ०९ असार २०७९, १८ : ३०
बिहीबार, ०९ असार २०७९

कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ । एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो ।

फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ । अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण नगरेको जनाएको छ ।  नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप