मानव बेचविखन गरेको आरोपमा दुई जना पक्राउ
बिहीबार, ०९ असार २०७९, १८ : ०३
मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले मोरङ जिल्लाको विराटनगरबाट दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भएर झापाको बिर्तामोड नगरपालिका–५ मुर्तिचोक बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा घर भएका १९ वर्षीया सिरिसा सिंह महथा छन् ।
आरोपीहरुले १३ वर्षीया बालिकालाई बेचविखन गर्ने उद्देश्यले विराटनगर–१५ स्थित भन्सार कार्यालय हुँदै ललाई फकाई भारततर्फ लान खोजेको आरोप छ । असार ५ मा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आरोपीहरुमाथि जिल्ला अदालत मोरङबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
फास्ट ट्रयाक समयमै सम्पन्न गर्न समितिको सरकारलाई निर्देशन
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थप निकायलाई परिपत्र