मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले बढायो सुनचाँदी, असर्फी टकमरीको भाउ

बिहीबार, ०९ असार २०७९, १८ : ००
बिहीबार, ०९ असार २०७९

नेपाल राष्ट्र बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का तथा मेडालियनहरुको भाउ बढाएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनहरुको टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ संशोधन गरिएको जनाएको हो ।

२०७९ वैशाख १ गतेको बैंकको निर्णयअनुसार यसअघिको ऐनमा व्यवस्था भएको खण्ड (ख) बमोजिम गणना गरिएको आधारमा मूल्यमा टकमरी गर्दाको जर्ती लगायतको लागत वापत प्रतिग्राम २ सय रुपैयाँले थप गरि बिक्री वितरण गर्दै आएकोमा यसमा थप एक सय रुपैयाँले बढाई ३ सय रुपैयाँ पुर्याइएको बैंकले जनाएको छ ।  तर, यस्तो टकमरी सर्वसाधारणबाहेक नेपाल सरकारका निकायहरु वा निजी तथा सार्वजनिक संघ/संस्थाहरूबाट असर्फी खरिदको लागि माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा बिक्री गर्न सकिने समेत बैंकले बताएको छ । 

यसरी बिक्री गर्दा सोही ऐनको खण्ड (ख) बमोजिमको आधार मूल्यमा जर्ती लगायतको लागत वापत प्रतिग्राम ५ सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गरिने बैंकले जनाएको छ । यसअघि यस्तो टकमरीको बिक्रीमा प्रतिग्राम अधिकतम ३ सय रुपैयाँ मात्र थप गरी बिक्री गरिने व्यवस्था थियो ।  

नेपाल राष्ट्र बैंकले विभिन्न अवसरमा विशेषगरी तिहारको धन्वन्तरी पूजाका दिनमा यस्तो सुनचाँदी, असर्फी, स्मारिका सिक्का, मेडालियनहरुको बिक्री वितरण गर्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप