महंगीको विरोधमा जनमोर्चाले देशव्यापी विरोध प्रदर्शन गर्ने
बिहीबार, ०९ असार २०७९, १७ : ४६
सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी,भ्रष्टाचार,कालोबजारी,मल,बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
त्यस्तै सो पार्टीले महिलाहरु माथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका घटनालाई नियन्त्रण गर्ने सवालमा सरकारले सामान्य प्रकारले पनि ध्यान नदिएको भन्दै सरकारको यस्तो गैरजिम्मेवार रवैयाका विरुद्ध असार १५ देखि २० गते कुनै दिन देशव्यापी रुपमा विरोध कार्यक्रम गर्ने निर्णय निर्णय गरेको छ ।
बैठकले आसन्न केन्द्र तथा प्रदेशको निर्वाचनका विषयमा बैठकमा सामान्य रुपमा छलफल गर्दै आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण