राष्ट्रिय जनमोर्चाका विभिन्न सात विभाग गठन
राष्ट्रिय जनमोर्चाले विभिन्न विभाग गठन गरेको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् । बैठकले संगठन, आर्थिक, प्रकाशन, सञ्चार तथा प्रचार–प्रसार विभाग, विकास निर्माण तथा स्थानीय तह परिचालन विभाग तथा सम्पर्क समिति समन्वय विभागको गठन गरेको हो ।
मनोज भट्ट इन्चार्ज रहनेगरी सात सदस्यीय संगठन विभागको गठन गरेको छ । जसको सदस्यहरूमा जनकराज शर्मा, नन्दराज भट्ट, सोमकुमार कार्की, रामकुमार क्षेत्री, गणेश आचार्य र नारायण जिसी रहेका छन् । त्यस्तै हिमलाल पुरी इन्चार्ज रहेको सात सदस्यीय आर्थिक विभागमा मधु क्षेत्री, बद्रे आलम, कृष्ण अधिकारी, घनश्याम न्यौपाने, राजेन्द्र ढुंगाना सदस्य रहेका छन् । रिक्त एक सदस्य पदमा पछि पूर्ति गरिने जनमोर्चाले जनाएको छ ।
त्यसैगरी घनश्याम न्यौपाने इन्चार्ज रहने गरी सात सदस्यीय प्रकाशन, सञ्चार तथा प्रचार–प्रसार विभागमा हिमलाल पुरी, पियारी थापा, देवेन्द्र कुँवर, विशाल दर्लामी, विमल पोखरेल सो विभागको सदस्य छन् । यो विभागको सदस्यमा एकजना पछि थपिने जनमोर्चाले जनाएको छ । त्यस्तै दुर्गा पौडेल इन्चार्ज रहने गरी विकास निर्माण तथा स्थानीय तह परिचालन विभागमा कृष्णबहादुर खड्का, झविलाल थापा, नन्दराज भट्ट, अमर थापा, नरबहादुर पुन र पियारी थापा रहेका छन् ।
पौडेल नै इन्चार्ज रहने गरी सात सदस्यीय सम्पर्क समिति समन्वय विभागमा घनश्याम न्यौपाने, समिर सिंह, झविन्द्र बेलबासे, गणेश अधिकारी, भीष्म जोशी र रितु केसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण