
सांसद प्रमोद यादवको प्रश्न : मल आउँछ कि आउँदैन सभामुख महोदय ?

नेपाली काँग्रेसका सांसद प्रमोद यादवले किसानहरुले कहिले मल पाउँछन् भन्दै सरकारसँग जवाफ मागेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले किसानले मल पाउँछन् कि पाउँदैनन् भन्दै सभामुखमार्फत कृषि मन्त्रालयसँग जवाफ माग गरे ।
नेपाललाई कृषि प्रधान देश भनिएपनि मल नपाउनु विडम्बना भएको उनले बताए । किसानहरुको क्षेत्रबाट जिताएर मन्त्री बनेकाहरूले मलको समस्या समाधान गर्न नसकेको उनको गुनासो छ । ‘किसानहरुको प्रश्न छ, मल आउँछ कि आउँदैन रु सम्बन्धित निकायलाई म यहि सदनमार्फत प्रश्न गर्न चाहन्छु ’ सांसद यादवले भने, ‘आउँछ भने अझै पनि केही बिग्रेको छैन । किसानहरुले अझै स्विकार्नु हुनेछ । ’
रुपन्देही क्षेत्र नम्बर ४ को विकास हुन नसकेकोमा पनि सांसद यादवले प्रश्न गरे । नागरिकता विधेयक अहिलेसम्म संसदमा नआउँदा नागरिकताको अभावमा समस्या झेल्नुपरेको भन्दै सो समस्या हल गर्न पनि आग्रह गरे ।
रुपन्देहीको मर्चवारमा खानेपानीको व्यवस्था नभएकोमा सरकारको ध्यानाकर्षण गराए । दानउ र रोहीणी खोलाले किसानको जग्गा कटान गरिरहेको भन्दै तत्कालका तटबन्धन लगाउन पनि उनले माग गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ