शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

लेबनानबाट सिरिया पुगे प्रधानसेनापति

बिहीबार, ०९ असार २०७९, १७ : १३
बिहीबार, ०९ असार २०७९

प्रधानसेनापति प्रभुराम शर्मा लेबनानको भ्रमण पुरा गरेर सिरिया पुगेका छन् ।  शर्मा तथा भ्रमण दलका सदस्यहरुले बिहीबार युनाइटेड नेसन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स अन्तर्गतका सुरक्षा पोष्टहरुको भ्रमण गरेका छन् । 

भ्रमणको क्रममा शर्मा माउन्ट हर्मन कम्प्लेक्सस्थित दशौं डफ्फा पुगी उक्त ईलाकाको वस्तुस्थितिलगायत विविध पक्षहरुका बारेमा समेत जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सोही अवसरमा प्रधान सेनापति शर्माले उक्त  युनिटमा उल्लेखनीय कार्य गर्ने ४ जना नेपाली शान्ति सैनिकलाई ‘प्रधान सेनापति प्रशंसा निशान प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप