कोरोना संक्रमित बढ्न थाले, पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि
नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको परीक्षणअनुसार संक्रमणदर १.९६ प्रतिशत रहेको छ । अघिल्लो दिन त्यस्तो संक्रमणदर १.२७ प्रतिशत रहेको थियो । अघिल्लो सातासम्म कोरोना संक्रमणदर ०.५ प्रतिशतमा सीमित थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १२ जना रहेको छ भने हाल सक्रिय संक्रमित १६३ जना रहेका छन् ।
हाल देशभर जम्मा पोजेटिभ केस पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७९ हजार ४५७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार ४०९ जनामा देखिएको छ । तीमध्ये हालसम्म ९ लाख ६७ हजार ३४२ जना निको भएका छन् । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण