शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कफी पिएर सपिङ गर्दा खल्ती रित्तिन सक्ने नयाँ अनुसन्धानको खुलासा

बिहीबार, ०९ असार २०७९, १६ : ४२
बिहीबार, ०९ असार २०७९

कफी पिउन शौख भएका मानिसहरुलाई कफी बारे यो कुरा सायद थाहा छैन होला । कफी पिउनु तपाईंका लागि महँगो पनि साबित हुनसक्छ । तर यहाँ कफी पिउँदा तपाईंको शरीरलाई कस्तो असर पर्छ भनेर हामीले यहाँ जानकारी दिन लागेका छैनौँ । हामील कफी पिउँदा तपाईंको खल्ती रित्तो पनि हुनसक्छ है भनेर अवगत गराउँदैछौँ ।

एक नयाँ शोधका अनुसार सपिङमा निस्कनु अघि तपाईंले एक कप क्याफिन भएको कफी पिउनु हुन्छ भने तपाईं करिब ५० प्रतिशतभन्दा बढी पैसा खर्च गर्न सक्नुहुन्छ । जर्नल अफ मार्केटिङमा प्रकाशित शोधमा बताइए अनुसार यस्तो गर्दा तपाईं ३० प्रतिशत बढी सामान खरिद गर्नुहुनेछ । क्याफिनले खर्च गरिएको पैसा वा किनेको सामानको संख्यामा मात्रै असर पार्ने नभई यसले हामीले के किन्दै छौँ भन्ने विषयमा पनि असर पुर्याउँछ ।

मानिसहरु जोसमा आएर सपिङ गर्छन्

शोधका लेखक दिपायन बिश्वासका अनुसार क्याफिन एक शक्तिशाली उत्तेजक हो जसले दिमागमा डोपामाइन रिलिज गर्छ । डोपामाइनले मन र शरीरलाई उत्तेजित गर्छ । यसको सेवनले तपाईं ऊर्जावान् हुनुहुनेछ । यससँगै आवेग पनि बढ्छ । स्व नियन्त्रण कम हुन्छ । फलस्वरुप क्याफिनको सेवन गर्दा तपाईं धेरै किनमेल गर्नुहुनेछ र यसले खर्च पनि बढाउँछ ।

स्टोरमा ५० प्रतिशतभन्दा बढी खर्च

अनुसन्धानका लागि फ्रान्समा होमवेयर रिटेल स्टोर र स्पेनमा एक डिपार्टमेन्ट स्टोर बाहिर मानिसलाई कफीको प्रस्ताव राखियो । ३०० भन्दा बढी मानिसलाई सपिङ गर्नु अघि क्याफिन भएको कफी, क्याफिन नभएको कफी र पानी पिउन दिइएको थियो । त्यसपछि स्टोरबाट बाहिर निस्कने बित्तिकै आफ्नो बिल देखाउन भनियो ।

शोधमा पत्ता लागेअनुसार क्याफिनयुक्त कफी पिउने मानिसहरुले अरुको तुलनामा धेरै पैसा खर्च गरे र सामान पनि बढी नै खरिद थरे । उनीहरुले औसतमा २८.९१ डलर खर्च गरे र औसतमा २.१६ सामान खरिद गरे । जबकी क्याफिन सेवन नगर्नेहरुले  १.४५ वटा सामान खरिद गरे र १५.५९ डलर खर्च गरे । यतिमात्र होइन, उनीहरुले थुप्रै अनावश्यक सामान पनि खरिद गरे ।

अनलाइन सपिङमा खरिद गरे अनावश्यक सामान

अर्को शोध अनलाइन सपिङका लागि पनि गरियो जसमा २०० जनालाई समावेश गरियो । मानिसहरुलाई ६६ चिजको एउटा सूचीबाट सामान खरिद गर्नका लागि भनियो । मानिसहरुले कफी पिएपछि जोशमा आएर थुप्रै अनावश्यक सामानलाई पनि कार्टमा राखे । जस्तै – मसाजर । तर क्याफिन नलिनेहरुले निकै समझदारीले सामान खरिद गरे ।

अनुसन्धानमा मोडरेट कफी ड्रिङ्कर अर्थात् जो मानिस दिनमा दुई कप मात्रै कफी पिउँछन् भने उनीहरु जोशमा किनमेल गर्छन् अर्थात् उनीहरुमाथि कफीको यस्तो असर बढी हुन्छ । तर जो अति नै धेरै कफी पिउँछन् भने उनीहरुमाथि यसको असर कम नै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप