
कर्णालीमा प्रमुख प्रतिपक्षले भन्यो– यो बजेटलाई राम्रो भन्न सकिँदैन

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ल्याएको बजेटलाई प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्न नसकिने बताएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले थप खाडल हुने गरि ल्याइएको बजेटलाई राम्रो मान्न नसकिने बताएका हुन् ।
बिहीबार प्रदेश सभाको दशौं अधिवेशनको १५ औं बैठकमा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘यसअघि नै विभेदका थुप्रै खाडलहरू थिए । थप खाडल हुने गरी बजेट ल्याइएको छ । यसलाई एमालेले मात्र होइन कसैले राम्रो मान्न सक्दैन ।’
कँडेलले नीति तथा कार्यक्रम ल्याउँदासम्म केही आशलाग्दो बजेट ल्याउने देखिएपनि अन्तिममा आयर सरकारले पुरानै बाटो रोजेको बताए । प्रतिपक्षसँग गरिएको सम्झौता सरकारले भुलेको बताउँदै कँडेलले बरु एमालेको भोट घटे घट्ला तर नीति, विधि विपरीत सरकारले कदम चाले त्यसको विरोध गरिने ठोकुवा गरे । उनले भने, ‘विगतको टुक्रे योजनाको बाटो ‘करेक्सन’ हुन्छ कि भन्ने लागेको थियो । किताब हेरेपछि थपिएका नयाँ योजनाको सूची हेर्दा सबै सांसदहरुलाई ढाँटेजस्तो लाग्यो ।’
साथै कँडेलले अधुरा योजना सम्पन्न गर्ने सरकारले निर्णयमाथि पनि प्रश्न उठाए । उनले भने, ‘संसदमा बोल्दा धेरै योजना पुराना छन् भने अर्कोतिरबाट योजना बढ्ता समेटिएको छन् । किताब मोटाएकै छ । भित्र हेर्न बाँकी छ ।’
खाल्टो फेरि गहिरिएर नै आयो ।’ साथै उनले बजेटमा असमानता र विभेदका खाडलहरू थुप्रै रहेको दाबी समेत गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ