लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरूमाथि कारबाही (सूचीसहित)
बीमा समितिले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरूमाथि कारबाही गरेको छ । बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाव किताबको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।
तर, आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने ती बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका जरिवाना गराएको छ । यस्तै आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई रू. ५०० थप गरी जम्मा रू. १० हजार ५०० का दरले जरिवाना गर्ने निर्णय भएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाएर जरिवाना भएका बीमा कम्पनीहरूमा नेपाल पुनर्बीमा , लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स , सूर्या लाइफ इन्स्योरेन्स , प्राइम लाइफ इन्स्योरेन्स , ज्योति लाइफ इन्स्योरेन्स , रिलायन्स लाइफ इन्स्योरेन्स , सिटिजन लाइफ इन्स्योरेन्स , प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।
यस्तै आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण त्यतिबेला जरिवाना गरिएकामा राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स , नेपाल लाइफ इन्स्योरेन्स , गुराँस लाइफ इन्स्योरेन्स , आईएमई लाइफ इन्स्योरेन्स , युनियन लाइफ इन्स्योरेन्स , सन नेपाल लाइफ इन्स्योरेन्स , रिलायबल नेपाल लाइफ इन्स्योरेन्स , सानिमा लाइफ इन्स्योरेन्स , दि ओरिएण्टल इन्स्योरेन्स , नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण