वीरेन्द्रनगरमा ‘बर्डफ्लु’ भेटियो
बिहीबार, ०९ असार २०७९, १६ : २१
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ । स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले भने, ‘पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको छ ।’
उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।
चपाइँका अनुसार बर्डफ्लु देखिएको स्थानदेखि चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण