शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक विदाको मजाक : नगरसभा सकिएको उपलक्ष्यमा बाह्रबिसेमा विदा

बिहीबार, ०९ असार २०७९, १६ : ००
बिहीबार, ०९ असार २०७९

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सकिएको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छ । बाह्रविसे नगरपालिकाको असार ९ गते बसेको ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै १ दिनका लागि सार्वजनिक बिदा दिइएको हो । 

सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सुचना अनुसार असार १० गते शुक्रबारका दिन सार्वजनिक विदा दिइएको छ । सूचनामा नगरपालिका एवं नगर अन्र्तगत रहेका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक विदा गर्न आदेशसहित अनुरोध गरिएको छ । 

नगरसभा सकिएको खुसीयालीमा किन सार्वजनिक विदा दिनुपरेको भन्ने जिज्ञासामा नगरप्रमुख बालकृष्ण बस्नेतले विगतदेखि नै नगरसभाको बैठकपछि सार्वजनिक विदा दिँदै आएकोले त्यसलाई निरन्तरता दिएको बताए । उनले भने–‘संघीय सरकारले पनि आइतबार बिदा दिएको थियो । हामीले भोली शुक्रबार बिदा दिँदा के बिग्रन्छ र रु’ 

नगरसभा बैठक सकिएको उपलक्ष्यमा विदा दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो नगरपालिकाको आलोचना गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप