४५ अंक घटेर बन्द भयो नेप्से, १० वटा कम्पनीको सेयर मूल्य बढ्यो
आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ । कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।
कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो । जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ ।
बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाई नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतको सुधार आएको हो । आज कारोबारमा आएकामध्ये १० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
बजार घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा २१८ अंकको गिरावट आउँदा निर्जीवन बीमा कम्पनी समूहको १४३ अंक घटेको छ । यसैगरी, विकास बैंक समूहमा ११९ अंकको र लघुवित्त समूहमा १०२ अंकको गिरावट आएको छ ।
आज शीवश्री हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यसबाहेक, आज अधिकांश कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । आज कुमारी बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज उक्त कम्पनीको ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण