
भक्तपुर दुर्घटना : मृतक दुईजनाको खुल्यो पहिचान

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्शचोकमा टिप्परको ठक्करबाट मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ । बिहिबार बा.८९ प ७८७६ नम्बरको मोटरसाईकल लाई जगातीबाट सूर्यविनायक आउँदै गरेको बा.४ख ५२९८ नम्बरको टिपरले ठक्कर दुईजनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ घर भएका १९ वर्षीय निश्चल चौगुठी र भक्तपुर नगरपालिका–१ बस्ने वर्ष २० का रोशन गारु छन् । दुर्घटनापछि उपचारको क्रममा भक्तपुर अस्पतालमा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
टिप्पर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भएका ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ