शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायालयको जात्रा अब टुलुटुलु हेरेर बस्नुहुँदैन : सांसद महत

बिहीबार, ०९ असार २०७९, १५ : २०
बिहीबार, ०९ असार २०७९

न्यायाधीश र अधिवक्ताबीच भएको अडियो प्रकरणबारे संसदमा आवाज उठेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गजेन्द्र बहादुर महतले न्यायालयमा जात्रा भएको र अब टुलुटुलु हेरेर बस्न नहुने बताए । बिशेष समयमा बोल्दै सांसद महतले भने– ‘न्यायालयमा भएको विचाराधीन मुद्दामा यहाँ बहस गर्न पाइँदैन भनिन्छ । तर अब यो कुरा पुरानो भइसक्यो जस्तो लाग्छ ।

न्यायालयमा जुन जात्रा चलिरहेको छ, न्यायालय भष्टाचारको अखडा बनिरहेको छ । यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न हुँदैन् । अब पनि हामीले न्यायपालिकाबारे प्रश्न उठाउन सकेनौँ भने त्यहाँको विचाराधीन मुद्दाबारे हामीले बहस गर्न सकेनौँ भने फेरि हामी पनि बन्धक नै हुन्छौँ ।’

उनले हिजो आज न्यायालयमा जात्रा भएकोले जनताका प्रतिनिधिले टुलुटुलु हेरेर बस्न नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप