
बौद्धबाट करिब ५ किलो हेरोइनसहित ४ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ४ दशमलव ९ केजी हेरोइन सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सेतो हेरोइन कारोबार गरेको आरोपमा बौद्धबाट ३ जना विदेशी नागरिक र एकजना नेपालीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा तान्जानियन नागरिक ३० वर्षीय अब्दुल्लाह अब्बुलिकी, भारत घर भएका ४६ वर्षीय मुनिम सिंह, ४३ वर्षीय बिक्रमजित सिंह र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ घर भएका ३० वर्षीय बिक्की रौनियार छन् ।
तान्जानियन अब्दुल्लाह असार २ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौं आएका हुन् । ब्यूरोबाट खटिएका प्रहरीले विमानस्थलबाट पिछा गरेर उनलाई बौद्धस्थित एक होटलबाट पक्राउ गरेका हुन् ।
उनको साथमा ४ किलो ९ सय ग्राम हेरोइन फेला परेको छ । अब्दुल्लाहले ल्याएको हेरोइन लिन आएको अवस्थामा २ भारतीय र एकजना नेपालीलाई पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए । केही दिनअघि ब्यूरोले ५१ किलो सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलाहरुलाई पक्राउ गरेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ