

रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । ।
मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । सो रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवलगायतले स्वागत गरेका थिए ।
जनकपुरधामबाट तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन् । सो रेलमा ६ सय तिर्थालुहरु आएका छन् भने उनीहरुलाई मधेश प्रदेश सरकारले जानकी मन्दिर दर्शनका साथै साँझमा गंगा आरतीमा सहभागी गराउने कार्यक्रम बनाएको छ । रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्यत पुग्ने व्यवसायीहरुको आशा रहेको छ । आज रेलमा नेपाल आइपुगेकाको नेपाल र भारतमा गरी १८ दिनको यात्रा हुनेछ ।
किरण कुमार कर्ण
कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ